लेखक संघको अध्यक्षमा विष्णु भण्डारी

       | 770 Views |   Published Date : 26th April 2016 |

Bishnu_bhandariकाठमाडौं, ११ बैशाख । प्रगतिवादी लेखकहरूको संगठन अखिल नेपाल लेखक सङ्घको नेतृत्वमा कवि तथा उपन्यासकार विष्णु भण्डारी निर्वाचित हुनुभएको छ । शनिबार पेरिसडाँडा, कोटेश्वरमा सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले ६९ सदस्यीय केन्द्रीय कार्यसमितिसहित भण्डारीलाई अध्यक्ष चुनेको हो ।

भण्डारी ४० को दशकबाट प्रगतिवादी साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । उहाँको उत्सर्ग महाकाव्य, घाइते ह्विलचेयर कविता संग्रह, पहेँलो घाम उपन्यासलगायत आठवटा कृति प्रकाशित छन् ।

सम्मेलनले कवि यज्ञबहादुर डाँगीलाई प्रथम उपाध्यक्ष निर्वाचित गरेको छ भने अन्य उपाध्यक्षमा डा. धनप्रसाद सुवेदी, भानु भण्डारी, डा. मधुसूदन गिरी, सीता शर्मा र सुशीला प्रधानाङ्गलाई निर्वाचित गरेको छ ।

महासचिवमा तेजविलास अधिकारी चुनिनुभएको छ भने सचिवमा इन्द्र कुमार श्रेष्ठ ‘सरित’, कला अनुरागी, चेतनाथ धमला, छवि सुवेदी, जनक रसिक, प्रमोद धिताल, मदन भण्डारी, माधव घिमिरे ‘अटल’ र वैद्यनाथ ठाकुर, कोषाध्यक्षमा केवल बिनाबी रहनुभएको छ ।

त्यसैगरी केन्द्रीय सदस्यमा अगिब बनेपाली, आस्था केसी, पञ्चकुमारी परियार, पुस्कर बिक, बाबा बस्नेत, इन्द्रराज लामा, इन्द्रसुर बेलटारे राई, ऋतु कुवँर, ऋद्धिरमण घिमिरे, कल्याण ओझा, किशोर मनस्वी, कृष्णकिशु न्यौपाने, केशरी अम्गाईं, केशवलोचन शर्मा, खेमराज खनाल, गुरुदत्त ज्ञवाली, चन्द्रमणि महतो, तिलक सिंह, दुर्गानारायण ढकाल, नदीराम केसी, नारायण मरासिनी, निमानन्द रिजाल, पारस ढकाल, पूर्ण समीर महतारा, प्रकाश गुरागाईं, प्रथा, बम बानियाँ, भिम रानाभाट, मणि अर्याल, मोहमद मुस्ताक आलम, युवराज पन्त, युद्धविक्रम शाही, रविन तिम्सिना, रणेन्द्र बराली, राजेन्द्र पौडेल, रामविक्रम थापा, लोक लामा, वन्दना ढकाल, वन्दना पोखरेल, विनोदविक्रम विष्ट, विष्णु ज्ञवाली, वेदीकुमार राई, सङ्गीत श्रोता, सुदर्शनराज पाण्डे, सुमित्रा वाङ्देल चेली, स्वप्निल स्मृति र हरिशरण परियार चुनिएका छन् ।

lekhak sang

समितिमा दुई सदस्य दुई नम्बर प्रदेशबाट र दुई सदस्य महिला पछि थप्ने सम्मेलनले निर्णय गरेको छ ।

सम्मेलनको उद्घाटन एकीकृत माओवादी पोलिटब्यूरो सदस्य तथा सांस्कृतिक विभाग इन्चार्ज आहुतिले गर्नुभएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा साहित्यकार मणि थापा, बलराम तिमिल्सिना, गणेश भण्डारी, राम विनय, हरिगोविन्द लुइँटेल, युवराज लामा, केपी पाठक, पुण्य गौतम विश्वासलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच सम्मेलनले ७ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । सम्मेलनले उत्तरआधुनिकतावाद, उपभोक्तावादलगायत सांस्कृतिक साम्राज्यवादी चिन्तन र लेखनविरुद्ध समाजवादी चिन्तन र लेखनलाई तीव्रता दिन, आन्तरिक राष्ट्रियता मजबुत पार्न सिर्जनात्मक लेखन र अभियान घनिभूत बनाउँदै वैदेशिक हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिने, उत्पीडित तथा सीमान्तकृत वर्ग, जाति, लिंग, भाषा, क्षेत्र र संस्कृतिलाई मूल प्रवाहीकरण गर्ने लेखनमा जोड दिन अपिल गरेको छ ।

त्यस्तै, लेखकीय स्वतन्त्रता कुण्ठित गर्न विभिन्न मुलुकमा विभिन्न पक्षबाट भइरहेको दमन, धरपकड, हत्याको विरोध गर्नुका साथै जनयुद्ध तथा विभिन्न जनआन्दोलनमा राज्यसत्ताद्वारा हत्या गरिएका कृष्ण सेन ‘इच्छुक’लगायत सम्पूर्ण सहिदलाई राज्यले सहिद घोषणा गर्न र बेपत्ता पारिएका सम्पूर्ण नागरिकलाई सार्वजनिक गर्न माग गरिएको छ भने संविधानमा सम्बोधन हुन बाँकी रहेका मधेस, जनजाति, दलित, महिलाका साथै सम्पूर्ण सीमान्तकृत वर्गका जायज मागलाई यथाशीघ्र सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्