कृष्ण सेनलाई मरणोपरान्त सम्मान

       सम्पादक | 643 Views |   Published Date : 27th May 2016 |

इच्छुक स्मृति पुरस्कार सुशील र क्षितिजलाई

दाङ, १३ जेठ । पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’लाई मरणोपरान्त पुरस्कार समर्पण गरिएको छ । सेनको कर्मथलो दाङमा नेपाल पत्रकार महासंघ दाङ शाखाले उहाँलाई मरणोपरान्त सम्मान गरेको हो ।

महासंघ दाङ शाखामा घोराही–५ का रामप्रसाद जैशी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि–जमुना पोख्रेल स्मृति पत्रकारिता पुरस्कार सेनलाई मरणोपरान्त समर्पण गरिएको हो ।

यसैगरी यस वर्षको कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमलाई दिइएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार गौतमलाई दिइएको हो ।

त्यसैगरी यस वर्षको कृष्ण सेन ‘इच्छुक’ स्मृति साहित्यिक पुरस्कार साहित्यकार क्षितिज मगरलाई दिइएको छ । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङले स्थापना गरेको उक्त पुरस्कार साहित्यकार मगरलाई दिइएको हो ।

नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ र क्रान्तिकारी पत्रकार महासंघ दाङले संयुक्त आयोजना गरेको सेनको १४ स्मृति दिवसमा उक्त पुरस्कारहरु वितरण गरिएको हो ।

सेनलाई समर्पण गरिएको पुरस्कारको राशी ७ हजार ५ सय रुपैयाँ र सम्मान पत्र रहेको थियो भने इच्छुक स्मृति पुरस्कार पुरस्कारको राशी रु. १०/१० हजार र सम्मान–पत्र रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले पुरस्कृत प्रतिभाहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कृष्ण सेन इच्छुकलाई मरणोपरान्त समर्पण गरिएको पुरस्कार भने इच्छुकका जेठान चुनचुन केसीलाई हस्तान्तरण गरिएको थियो ।

Krishna Sen1कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले यो संसार रहँदासम्म सहिद कृष्ण सेन इच्छुकको अमरत्व कायम रहने बताउनुभयो । मैले के पाएँ भन्दा पनि मैले समाज रुपान्तरणका लागि के दिएँ भन्ने भावका साथ अघि बढेमात्रै सेनप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै प्रमुख अतिथि शर्माले सेनको प्रेरणाबाट कलमजीवीहरुले सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्ने बताउनुभयो ।

‘इमान्दारिता, निष्ठावान तथा व्यवहारमा कोमल र सिद्धान्तमा दृढ रहनु नै सेनको मुख्य विशेषता हो’, शर्माले भन्नुभयो, ‘हामी जहाँ रहन्छौं, इमान्दार बनौं त्यही नै सेनको प्रेरणा हो ।’

कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माले सत्यप्रतिको निष्ठा नै सेनको सच्चा आदर्श भएको बताउनुभयो । सेनको जीवनका तीन आयाम भएको चर्चा गर्दै उहाँले राजनीतिक, साहित्यिक र पत्रकारिता तीनवटै व्यक्तित्वको एउटै नाम कृष्ण सेन भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सुवास पुन, पुरस्कृत व्यक्तित्वहरु सुशील गौतम र क्षितिज मगर, सेनका जेठान चुनचुन केसी, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष प्रताप रेग्मी, महासंघका पूर्वकेन्द्रीय सदस्य मधुसूदन वैद्य, सल्लाहकार सविन प्रियासनले बोल्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा प्रलेस दाङका अध्यक्ष शरद अधिकारी, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य नारायण भण्डारी, संकल्प महिला सञ्चार संस्थाका अध्यक्ष लीला शाहले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा सेनको व्यक्तित्वका बारेमा अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर डाँगीले बोल्नुभएको थियो ।

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङका अध्यक्ष प्रकाश पन्थीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष डिल्ली मल्लले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन क्रान्तिकारी पत्रकार महासंघ दाङका अध्यक्ष प्रकाश चौधरीले गर्नुभएको थियो ।

sen diwas 2

sen diwas 1

sen diwas chhitiz

sen diwas 4

sen diwas 3

प्रतिक्रिया दिनुहोस्