सीमा आजादका तीन कविता

सीमा आजाद

हलो र बन्दुक

हे विकास पुरुष मोदी
तिमीलाई दुःख छ
कि जसको काँधमाथि हुनुपथ्र्यो हलो
उनको काँधमा बन्दुक छ ।

सुन दुखी विकास पुरुष
जब
उनको काँधमाथि हलो थियो
र खुट्टाहरुमुनि जमीन
उनीहरु धरतीलाई हरियो बनाउँथे
र सपनाहरु गुलाबी देख्थे ।

तिम्रा बन्दुकहरुले
खोसिदिए उन्को धरती
भाँचिदिए हलो
कालो बनाइदिए उन्को जीवन
त्यसपछि
उन्का सपनाहरु रक्तिम भए
जीवनको लागि
गेरुवा या हरियो हैन
रक्तिम हुन जरुरी छ ।

चुनाव

(१)

आजभोलि
धेरै चर्चा छ अधिकारहरुको
यो चुनावको मौसम हो ।

तपार्ईँ भोकै हुनुहुन्छ, बेरोजगार हुनुहुन्छ
पितृसत्ता, जातीय
र धार्मीक उत्पीडनले मारिनुभएकोछ
सबै कुरा सहन गर्नुहोस्
यी अधिकारहरुको कुरा
गरौंला कुनैदिन
या नहुन पनि सक्छ
अहिलेलाई
सबैभन्दा मूल्यवान छ
अधिकार भोटको
तपाईँ जे हुनुहुन्छ
जस्तो हालतमा हुनुहुन्छ
लुटेरा चुन्ने
यस मूल्यवान अवसरको प्रयोग
अवश्य गर्नुहोस्
यो चुनावको समय हो ।

(२)

औंलामा निशान
निलो मसीको
संकेत हो यस कुराको
कि
लोकतन्त्रलाई बचाउनको लागि
अमुक व्यक्तिले
सुम्पिदियो आफ्ना सारा अधिकार
एउटा व्यक्तिलाई
छललाई

अब
अधिकार खोस्नको लागि
जरुरी छैन कि
एकलव्यहरुका औंला काटियोस्
औंलामा
मसीको नीलो निशान नै प्रयाप्त छ ।

फलाम

मैन सम्झिएका थियौ
तिमीले मलाई
खुब ततायौ
म फलाम बनिगएँ ।

सीमा आजाद

जन्म ः ५ अगस्त १९७५
शिक्षा ः एम.ए., मनोविज्ञान
प्रकाशित कृतिहरु ः विभिन्न पत्रपत्रिकाहरुमा साहित्यिक रचनाहरु प्रकाशित
आबद्धता ः पत्रकारिता
ठेगााना ः इलाहावाद

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *