नथाकी अघि बढ्ने सामर्थ्य साहित्यले दिन्छ

       | 451 Views |   Published Date : 26th August 2019 |

 –अमर गिरी

वरिष्ठ प्रगतिवादी साहित्यकार

 

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

सुसाना जुबफकाे `द एज अफ सर्भिलेन्स क्यापिटलिज्म ´ पढ्दै छु ।

अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा  पुस्तकको नाम लिनुपर्दा ?

ग्राम्सीकाे प्रिजन नाेटबुक्स´ र रमेश कुंतल मेघकाे साक्षी है साैन्दर्य प्राश्निक´ मलाई मनपर्ने पुस्तक हुन् ।

अनि लेखन ?

अहिले समालोचना लेखनमा केन्द्रीत छु । अखबारमा पनि लेख्दै छु ।

कवितामा पुनर्लेखन कत्तिको गर्नुहुन्छ ?

अावश्यकता अनुसार ।

तपाईंको लागि लेख–पढको उपयुक्त समय कुन हो ?

बिहानकाे समय ।

अध्ययन र लेखाई बाहेकका रुचिहरु के छन् ?

घुम्नु, सिनेमा हेर्नु , गीत सुन्नु र साथीहरूसँग गफिनु ।

यहाँले धेरैपटक दोह¥याएर पढेको पुस्तक ?

कम्युनिस्ट पार्टीको घाेषणापत्र ´ र `डी.एन.झाकाे हिंदू अस्मिता : एक पुनर्चिंतन ´।

नयाँ पुस्तालाई नपढि नहुने पुस्तकको रुपमा कुन पुस्तकहरु सिफारिश गर्नुहुन्छ ?

यस्ताे सिफारिस गर्न मलाई निकै अप्ठ्यारो लाग्छ । किताब र लेखकबारे राम्रोसँग बुझेर र प्रचारकाे मायाजालबाट बचेर पुस्तक किन्नु र पढ्नुपर्छ । नयाँ पुस्तालाई मैले दिने सल्लाह यही हाे ।

यहाँलाई उत्कृष्ट लाग्ने सिनेमाहरु नाम लिनुपर्दा ?

नुुमाफुङ, पशुपतिप्रसाद, लुट , बलिदान , अादि मलाई मनपर्ने नेपाली सिनेमा हुन् । मनपर्ने विदेशी सिनेमामा द व्याटलसिप पाेटेम्किन, मिरर, पाथेर पाञ्चाली, द बाइस्कल थिब्ज, सेवेन सुरामाई, इवान द टेरिबल अादि रहेका छन् ।

समाजमा पठन कार्य संस्कृति बन्न किन नसकेको होला ? जब कि शिक्षितहरुको संख्या बढ्दो छ ।

यसकाे उत्तर हामीले हाम्रो अार्थिक, राजनीतिक , समाजिक -सांस्कृतिक संरचनाभित्र खाेज्नुपर्छ। यसका निम्ति हामीले हाम्रो इतिहासलाई फर्केर हेर्न पनि जरुरी छ । समकालीन पुँजीवादको वैश्विक स्वरूप र चरित्रसँग पनि यस प्रश्नलाई सन्दर्भित गरेर हेर्नुपर्छ । बढ्दाे उपभाेक्तावाद, व्यवहारवादको अत्यधिक प्रभाव, जीवनका उच्चतम मूल्यहरूमा अाएकाे स्खलन, मनुष्यकाे कमाेडिफिकेशन, सञ्चार एवं मनाेरन्जन प्रविधिको अाश्चर्यलाग्दाे विकास अादि यसका कारण रहेका छन ।नेपाली समाजले इतिहासदेखि नै पठन संस्कृतिलाई समुचित महत्त्व प्रदान गर्न सकेकाे पाइन्न। भाैतिक सुविधाका निम्ति जति पनि खर्च गर्ने तर वर्षमा दुईचारवटा पुस्तक किन्न पनि गार्‍हो मान्ने पठितहरूकाे संख्या हामी कहाँ निकै धेरै छ।

साहित्यसँग जोडिनु र नजोडिनुले मानिसको जीवनमा के फरक पर्छ ?

साहित्यसँग मानिस जाेडिदा र नजाेडिदा फरक पर्छ। मनुष्यकाे सामाजिकीकरण, संवेदना र विवेककाे परिष्कार र विस्तार , जीवनकाे साैन्दर्यबाेध, उज्यालोकाे भाेक र अँध्यारोकाे प्रतिवाद, अानन्दानुभूति र जीवनकाे विकट उकालाेमा नथाकी अघि बढ्ने सामर्थ्य साहित्यले दिन्छ ।

अन्त्यमा केहि ?

२. धन्यवाद । अहिलेलाई थप केही छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्