प्रगतिशील लेखक संघ भारतको सत्रौं राष्ट्रिय सम्मेलन

       | 190 Views |   Published Date : 14th September 2019 |

भाद्र, २८
राजेस्थान, जयपुर

प्रगतिशील लेखक संघ भारतको सत्रौं राष्ट्रिय सम्मेलन जयपुरमा सुरु भएको छ । जहाँ देशभरिबाट आएका लेखक, साहित्यकारहरुको सहभागिता रहेको छ । उद्घाटन सत्रको सञ्चालन गर्दै सम्मलेलनका संयोजक तथा प्रलेसं राजेस्थानका महासचिव ईश मधु तलवारले बताए कि ३७ वर्ष पहिले सम्मेलन जयपुरको यही रवीन्द्र मञ्चमा भएको थियो । त्यस समय यतिखेरका महासचिव राजेन्द्र राजन र अध्यक्ष मण्डलका सदस्य सुखदेवसिंह सिरसा पनि सामेल थिए जो यतिखेर पनि सहभागी छन् ।
साहित्य, संस्कृति र अभिव्यक्तिका विविध रुपहरुले युक्त सुन्दर विहान जसको शुभारम्भ साँस्कृतिक मार्चबाट गरियो । प्रगतिशील लेखक संघका राष्ट्रिय अध्यक्ष पुन्निलनद्वारा संगठनको ध्वजारोहणपश्चात कार्यक्रमको सुरुवात गरियो । देशभरिका २६ प्रदेशहरुबाट ६०० लेखकहरुले भाग लिएको सो सम्मेलन तीन दिनसम्म चल्नेछ ।

चिन्तक र भाषाविद् गणेश एन देवीले कार्यक्रमको उद्घाटन गर्दै भने कि यस समय हामी सबैको काँधमाथि भाषा र अभिव्यक्तिलाई वचाएर राख्ने दायित्व छ । अब यो समय आइसकेको छ कि समान विचारधाराका सबै लेखक तथा गैह्र लेखक संगठनहरु मिलेर यो आवाज उठाउनुपर्ने छ कि हामी दुनिया बदल्न चाहन्छौं । राजेस्थान प्रलेसका अध्यक्ष रितुराजले ३७ वर्षपश्चात जयपुरमा राष्ट्रिय सम्मेलनको आयोजना हुनु एउटा ठूलो परिघटना भएको बताए । लेखकीय कार्यलाई एउटा महत्वपूर्ण कार्य बताउँदै उनले भने कि लेखक हुनु एक कठीकन संघर्ष हो । विपरित परिस्थितिहरुमा पनि भाषालाई बचाइराख्नु, प्रलोभनहरुबाट टाढा रहनु तथा प्रतिरोधको एउटा नयाँ जमिन तयार गर्नु एक प्रगतिशील लेखकको दायित्व भएको बताए ।

प्रगतिशील लेखक संघका राष्ट्रिय अध्यक्ष पुन्नीलनले भने कि वर्तमान समयमा देशमा धर्मनिरपेक्षता बचेको छैन । देशमा जुनप्रकारको हिन्दुवादी विचारधारा चलिरहेको छ, त्यो आफ्नो समयको लागि विनाशकारी छ । यसप्रकारको फासीवादलाई रोक्न जरुरी छ । साथै उनले रचनाकर्मीहरुसँग यो अपील गरे कि उनीहरु आफ्ना कविता, कथा र रचनाहरुमार्फत यस कुराको विरोध गरुन् । प्रलेशका सदस्य सचिव संजय श्रीवास्तवले लेखक तथा संस्कृतिकर्मीहरुको निधनमाथि शोक प्रस्ताव राखे र सहभागीहरुद्वारा श्रद्धाञ्जली व्यक्त गरियो । प्रलेसका राष्ट्रिय महासचिव राजेन्द्र राजनले भने कि यस समयमा अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा बढिरहेको छ, जहाँ कैयौं लेखक तथा पत्रकारहरुको हत्या समेत गरिएको छ । विचारकहरुलाई शहरी नक्सलीको आरोपमा गिरफ्तार गरिंदैछ । समय आइसकेको छ कि लेखकहरु एकान्तवासबाट बाहिर आएर सर्वजनिक मंचमा आफ्ना कुराहरु राख्नलाई । सुखदेवसिंह सिरसाले आफ्ना विचार राख्दै भने कि वर्तमान समयमा लेखकहरुलाई प्रतिबन्ध लगाइदै छ । रचनाकारहरुलाई अभिव्यक्तिको स्वतन्त्रता उपलब्ध छैन ।
त्यसैगरि पुनम सिंहले भनिन् कि साहित्य तथा शब्दहरुको मशाल नै हो, जसले असंख्य मौनताहरुलाई तोड्न सक्छ । साथै उनले लेखहरुलाइ यस समयमा शाहसी र एकजुट हुनको लागि अपिल गरिन् । लोप्रिय रंगकर्मी तथा कलाकार रमा पाण्डे ले लेखकहरुले जनतासँग संवाद गर्नको लागि आग्रह गरिन । उनले यो पनि थपिन कि यतिखेर युवाहरुसँग संवाद गर्नुपर्ने धेरै आवश्यकता छ ।

उद्घाटन सत्रको संचालन सम्मेलनका राष्ट्रिय संयोजक राजेस्थान प्रगतिशील लेखक संघका महासचिव ईश मधु तलवारले गरे । उनले भने कि जयपुरमा ३७ साल पश्चात इतिहास दोहरिइहको छ । यस सम्मेलनमा तमिल तेलुगु कन्नड मलयालम, मराठी, बंगाली, गुजराती, उडीया, असमीया, डोगरी मैथिली, भोजपुरी, पंजावी, राजस्थानी आदि विभिन्न भाषाका लेखकहरुको सहभागिताबाट भारतीय भाषाहरुको एक रोचक संगम लेखकहरुको यस सम्मेलनमा देखिएको छ । सत्रको अन्त्यमा लेखक संघका सदस्य सचिव प्रेमचन्द गान्धीले धन्यवाद ज्ञापन गरेका थिए । भाद्र २७ गते सुरु भएको सम्मेलन २८ गतेसम्म चल्नेछ ।

कोषा गुरुङ

प्रतिक्रिया दिनुहोस्