निशान्तका दुई कविताहरु

जन्म ः४ अक्टोबर १९७८
ठेगाना ः लालगंज, बस्ती, उत्तरप्रदेश,भारत
कृति ः जवान होते हुए लडके का कबुलनामा, जी हाँ मै लिखरहा हूँ (कविता संग्रह)

   निशान्त

प्रमाणपत्र

बाले पेंशनको लागि
जिवित रहेको प्रमाणपत्र लिइराख्नुभयो
जबसम्म जिवित रहनुभयो

म जिवित हूँ
यो प्रमाणित गर्नलाई
बारम्बार खल्तीबाट निकालेर
देखाउँछु आफ्नो फोटो
प्रामणपत्र
सबैले ठान्छन्–म जिउँदो छु !
त्यही हूँ–जो फोटोमा छु !

रातको एकान्तमा
ऊ ममाथि शंका गर्छ
माग्छ मसँग
म जिउँदो भएको प्रमाणपत्र
म मनुष्य भएको प्रमाणपत्र

ऊ कागजका पानाहरुलाई
मान्दैन
मेरो नाडी छाम्दैन
मेरो अनुहार पनि हेर्दैन
ऊ हरेक रात सीधा मेरो आँखामा
हेर्छ र
हरेक रात मलाई मृत घोषणा गर्छ ।

ग्लोबल वार्मिङ

जहाँ एउटा रुख हुनुपथ्र्यो
त्यहाँ एउटा हीरो होंडा खडा छ

जहाँ एउटा हीरो होंडा हुनुपथ्र्यो
त्यहाँ एउटा सुँगुँरको बच्चा छ

जहाँ सुँगँुर हुनुपथ्र्यो
त्यहाँ एउटा विशाल अग्लो र महान
मानिस उभिएको छ ।

                                                            (हिन्दीबाट अनुवाद ः प्रमोद धिताल)
प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *