निलय उपाध्यायका तीन कविता

निलय उपाध्याय
जन्म ः २८ जनवरी १९६३
भोजपुर, बिहार
प्रकाशित कृति ः अकेला घर हुसैन का (१९९४), कटौती (१९९९)

मेरो युगको नायक

केहि पनि छैैन अबैध
केहि पनि छैन परहेज
सफलताको बाटोमा केहि पनि छैन
अस्वीकार
चाहे जसरी हासिल होस्–हासिल होस
उपलब्धी

एकतर्फी विकास मन्जुर
मन्जुर हामीलाई
उत्पादनदेखि टाढा कुनै काल्पनिक कुबेर
सबै कुरा मन्जुर, हामीलाई सबै कुरा मन्जुर

बलिया हात र नैतिक आत्मा
तिम्रो आवश्यकता छैन अहिले

अहा !
जस्तो राजकुमार देखिन्छ
महीन इच्छाहरु र महंगा गाडीहरुको
स्वामी
मेरो युगको नायक
मेरो गरीब देशको छोरा ।

शिक्षा

उनीहरु बनाउनेछन् महंगा सामान
हामी किन्ने छैनौं

उनीहरु तय गर्नेछन् सदीको बाटो
हामी हिड्ने छैनौ

मोहक विज्ञापनहरुको असर हुनेछैन हामीमाथि

एक मुठ्ठी अन्न
दैनिक कम खानेछौं र बचाउनेछौं बीज

दुनियामा–
विरोधहरुका सारा हतियार जब चुक्नेछन्
फेरि पनि बचिरहनेछ हाम्रो असहयोग
हाम्रो आत्म निर्भरता ।

मलाई चाहिएन

मलाई कल्पवृक्ष चाहिएन
चाहिएन कामधेनु

यस पृथ्वीमा
जिवित रहनलाई मलाई त्यत्ति अन्न चाहियो
जति कमिला आफ्नो मुखमा लिएर हिड्छ
त्यत्ति नै जमिन कि ढाक्नसक्छ लौकाको लहरा
र त्यत्ति नै कपास कि ढाकियोस लाज

स्मृतिहरुदेखि कल्पनालोकसम्म एउटा सडक
र नैतिक बन्नसम्मलाई शिक्षा

कुनै कुबेरको खजाना मलाई चाहिएन

मलाई चाहिएन गोहीले भरिएको
दूधको धूर्त नदी ।

(उपाध्याय गंगा बचाओ अभियानका अभियन्ता पनि हुन् ।)

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *