–विष्णु नागर
(विष्णु नागर हिन्दीभाषी लेखनको क्षेत्रमा एउटा स्थापित नाम हो । १४ जुन १९५० मा जन्मिएका कवि नागरका कविता, कथा, लेख–निबन्ध संग्रह तथा उपन्यासहरु प्रकाशित छन् । मैं फिर कहता हूँ चिड़िया, तालाब में डूबी छह लड़कियाँ, संसार बदल जाएगा लगायत कविता कृतिहरु प्रकाशित छन् । प्रस्तुत छन् उनका तीन कविताहरु । )
मानौं या नमानौ सबलाई चिट्ठी लेखी–लेखी फोन गरी–गरी बोलाउनुपर्छ तर आगोलाई होइन ऊ जस्तो सहज–सरल कोहि छैन । घर बाहिर मेरो घर मेरो घरको बाहिर पनि छ मेरो बाहिर मेरो घरको भित्र पनि घरलाई घरमा बाहिरलाई बाहिर खोज्दै गर्दा मैले भेट्टाएँ म दुवै ठाउँमा छैन । पहाडजस्ता मान्छे पहाड आफ्नो बारेमा केहि थाहा पाउन्नन् यो पनि कि उनीहरु पहाड हुन् यसैले आफ्ना उपलब्धीहरुको प्रशंसा गर्न गराउन पनि जान्दैनन् केहि मानिस पनि यस्तै हुन्छन् मानिस उनलाई खनिरहन्छन उनमाथि चढ्ने झर्ने गरिरहन्छन् घर र मन्दिर बनाइरहन्छन् तिनलाई तलबाट हेर्दै डराउँदैरहन्छन् माथि खुल्ला नीलो आकाश देखेर खुशी भैरहन्छन् हुनसक्छ यस्ता मानिस पहाडहका वंशज हुन् ।
प्रतिक्रिया दिनुहोस्