भर्चुअल लिटरेचर फेस्टिभल

साहित्य तथा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यसहित स्थापना भएको संस्था किताब जात्रा फाउण्डेशनको आयोजना र चौधरी  फाउन्डेसनको प्रस्तुतिमा गत बैशाख १ गते सोमबारदेखि सुरु भएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा–२०२०’ को बैशाख ८ गते समापन भएको छ ।

फेस्टिभलमा ‘आख्यानको अभिभारा’, ‘भर्चुअल मिडियामा रंगमञ्च’, ‘शब्दको सयर गर्ने सहयात्री’, ‘गजल बहार’, ‘केटाज कथार्सिस’, ‘कोरोना बिजनेस एण्ड सिएसआर’,‘सीमापारीको आवाज’, ‘समुन्द्रपारिबाट देश लेख्दा’,‘बाल साहित्यको लोरी’,‘के छ खबर परदेशीको ?’, ‘कोरोनाको समाजिक र आर्थिक प्रभाव’, ‘कोरोना, सहकार्य र युवा’, ‘छन्द लहर’, ‘कोरोनाविरुद्ध फ्रन्टलाइनमा उभिंदा’,‘महिला आन्दोलनको पुस्तान्तरण’, ‘कोरोना बिम्बमा काव्यिक दृष्ट’, ‘पुष्पासंगमको साहित्यिक प्रस्तुति’, ‘लकडाउन लाइभः अ सिनेम्याटिक भ्यू’ शीर्षकहरु अन्तर्गत बहस, कविता, गजल वाचन तथा संगितिक प्रस्तुति कार्यक्रमहरु भएका थिए ।

ती कार्यक्रमहरुमा कवि लेखकहरु युग पाठक, अमर न्यौपाने, मनिषा गौचन, सतिा तिवारी, मनु मन्जिल, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, स्वप्नील स्मृति, शकुन्तला जोशी, बिन्ध्या सुब्बा, मनोज बोगटी, डा.कविता लामा, विभु लुइटेल, नीलम कार्की निहारिका, गोवर्धन पूजा, कमल लामिछाने, अमृत नेपाल, प्रमोद प्रधान, अनुराधा, अनन्त वाग्ले, विष्णु सन्याश, निर्भिकजंग रायमाझी, नवीन प्यासी, समर्पण श्री, नृपेश उप्रेती, हुकुम धड्कन, बिमला दाहाल, बाबु त्रिपाठी, सुदेश सत्याल, मनोज भण्डारी, खगीन्द्र खुशी, दीपेन्द्र उपाध्याय, कोरोना संक्रमण र स्वास्थ्यकमर्कीहरुको अनुभूति विषयमा डा. सुधा शर्मा, डा.सरोज धिताल, डा.सुमन राज ताम्राकार र डा.विशाल दाहाल, महिला आन्दोलनको पुस्तान्तरण विषयमा नेतृ शशी श्रेष्ठ, मानुषी यमी, धनकुमारी सुनार र कवि प्रणिका कोयू, व्यावशायी विनोद चौधरी, पत्रकार अमित ढकाल, रंगकर्मी अनुप बराल, सरिता गिरी, केदार श्रेष्ठ, प्रवासको वर्तमान अवस्थाबारे महेशकुमार खाती, मणि पौडेल, राजकुमार दिक्पाल र सुधन महत, कोरोनाको वैश्विक महामारी र यसका आर्थिक–सामाजिक प्रभावबारे अतुल ठाकुर, डा.हरिवंश झा, विशाल थापा, सन्दिप राणा, कोरोना सहकारी र युवाबारे स्पेनबाट अक्सना अगिर्रे, पाकिस्तानबा अहसन अलि ठाकुर, केन्याबाट हिल्डा ओजाल मुथोका र नेपालबाट शर्मिला ठकुरी हुमागाइँ ले बहस गर्नुभएको थियो । लकडाउन लाइफ ः अ सिनेम्याटिक भ्यू अन्र्तगत रिमा विश्वकर्मा, दयाहाङ राई, केकी अधिकारी, स्वस्तिमा खड्का र नाजिर हुसेनले छलफल गर्नुभएको थियो ।

 

फेस्टिभलका सबै कार्यक्रमहरुलाई सामाजिक सञ्जालको माध्यमबाट लाइभ गरिएको थियो । भर्चुअल लिटरेचर फेस्टिभल उत्साहजनक रुपमा सहभागी भएको संस्थाका अध्यक्ष ऋषिराम अधिकारीले बताउनुभयो । साथै वहाँले देशको वर्तमान परिस्थिति सामान्य भइसकेपछि देशका सातैवटा प्रदेशहरुमा ‘प्रदेश किताब जात्रा’ अभियानलाई अगाडि बढाउने पनि जानकारी दिनुभयो । लिटरेचर फेस्टिभलको संयोजन कवि-पत्रकार कला अनुरागीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *