अन्तिम साससम्म

       अल्का सिन्हा | 572 Views |   Published Date : 7th July 2015 |

जिAlkaन्दगीको च्यादर

जिन्दगी जिएँ मैले
यति सावधान भएर
जस्तो कि नींदमा पनि रहन्छे सजग
बढ्दो उमेरकी केटी
कि उसका गोडाहरुबाट
च्यादर नउघ्रिओस् ।

अन्तिम साससम्म

ग्राहकलाई कपडा दिनुभन्दा ठीक पहिलेसम्म
कुनै सिलाई कुनै बटन
जोडिरहन्छ दर्जी ।

परीक्षकले पुस्तिका खोस्नुभन्दा पहिलेसम्म
सही, गलत केहि न केही
लेखिरन्छ परीक्षार्थी ।

अन्तिम सास जाँदा सम्म
चुक–अचुक निसाना लगाउँदै
लडिरहन्छ सिपाही ।

कसैले छोड्दैन हतियार
कसैले गुमाउँदैन आस
अन्तिम साससम्म ।

अनुवाद : प्रमोद

प्रतिक्रिया दिनुहोस्