शोक गीत

       कात्यायनी* | 566 Views |   Published Date : 7th July 2015 |

Katyaniबस यसरी नै बिताइदिएँ जिन्दगी
रच्न सकिएन कुनै महाकाव्य
न कुनैै आलोचक–श्रेष्ठको राजकुमार
मैले त बस यसरी नै बिताइदिएँ
पूरै जिन्दगी
प्रेम गरें एउटा मामुली मानिसले जसरी
राशन पानी जुटाएँ
तरकारी किनमेल गरें
पूरा जिम्मेवारीको साथ ।
भरपूर आक्रोशका साथ
जुलुसमा सामेल भएँ महंगीको विरुद्ध
निष्ठापूर्वक गएँ हड्तालमा ।
बनाउन सकिएन एउटा शान्त सुरुचिपूर्ण्
अध्ययन–कक्ष ।
जब एउटा उत्कृष्ट कविता
लेख्ने समय थियो
त्यस हारेको समयमा पनि
लेखिरेहेथें पर्खालमा नाराहरु ।
जब लेख्नु थियो
आफ्नो समयको सर्वाधिक चर्चित कहानी
लेखिरहेथें हड्तालको पर्चा
सामान्य नै रहें अन्त्यसम्म
यसरी भएँ असफल ।
आफ्ना सबै विलक्षण प्रतिभाहरुलाई
मानवताको सेवामा प्रस्तुत गर्दा
न हुन सकें महान
लेख्ने छैन कुनै गन्यमान्य कवि
एउटा शोक–गीत
म मरिसकेपछि ।
यसरी नै हुनेछ
एउटा कठिन कहानीको सुखान्त ।

अनुवाद : प्रमोद
*भारतीय कवि

प्रतिक्रिया दिनुहोस्