यात्रा

       दिल महरा | 536 Views |   Published Date : 5th September 2015 |

Dil Mahara1ऊ पनि आइपुगिसकेको थियो ।

‘पाटनमा ।’

तम्बु, थर्मस, हिमाली न्याना कपडाहरु । दुई जोर हिउँबाट बच्ने पञ्जा । हिउँमा लगाउने जुत्ता । एक महिनाका लागि पुग्ने खानेकुरा । हाइअल्टिच्यूटबाट बच्नका लागि लसुन, खुर्सानी, आक्च्यको अचार । सुरक्षाका लागि तिब्बती एउटा भोटे कुकुरसँग (उसले माने भनेर बोलाउँथ्यो तिब्बती कुकुरलाई) ।

०००

घरबाट हिड्दा गुम्बामा पुगेर प्रार्थना गरेको थियो उसले ।

‘ॐ पेमेमेऽऽ ।’

यसो गर्नु उसको जन्मजात संस्कार त होइन । न त भने अजम्बरी बन्ने उसको भित्री चाहना थियो । तैपनि मानव भएर बाँच्नुको झिनो आदर्श । उसले मनमा सोचेको मात्र । उसले भगवानसँग आफू कुनै जोखिम यात्रामा निस्केको सन्देश गुम्बामार्फत् प्रवाह गर्नु थियो (उ धार्मिक मान्छे होइन । समाजबाट यस्तै कुरा सिकेको थियो उसले ।) यसो त भगवानलाई आफ्नो जोखिम यात्राबारे सन्देश प्रवाह गरेर, भगवान सँगसँगै ऊ हिड्न पनि सक्थेन, पाउथेन । न त उसको सुरक्षामा भगवान नै आउने कुरो भो । आखिर हिड्नु त ऊ एक्लैलाई थियो ।

तर पनि उसले गुम्बामा भगवानलाई सन्देश छोड्यो । मानौं ऊ । उसको लागि चोमोलोङ्मा चढ्न हिडेकोे छ । आल्पस चुचुरो विजय गर्नु छ । धेरै पटक देखेको काञ्जिरोवाको दक्षिणी मोहडा भएर चुचुरोमा पुग्नु छ । हुन सक्छ, अत्याधुनिक वायुयानमा चढेर पृथ्वी छोड्नु छ । र समयको अन्तरालपछि, यही पृथ्वीको भूगोलमा सगोल फर्किएर बाँच्नु छ ।

उसले यात्रामा हिड्नुपूर्व गुम्बामा खादा चढायो । दोस्रो पटक आँखा चिम्लेर उच्चारण ग¥यो ।

‘ॐ पेमेमे ऽऽ ।’

यात्रामा जानलाई अब ऊ हतारियो । हिमाली हावा धेरै चिसो गरेर चल्न थाल्यो । उसले गुम्बा छोडेर अघि हिड्यो ।

बिदाइका लागि पुगेका उसकी मायालु प्रियसी (पत्नी), उसकी सुकोमल एक्ली छोरी । चिसो हिमाली हावाको वेवास्तासँग उभिरहेका थिए ।

थोते दाँत देखाउँदै छोरी फिस्स हाँस्छिन् । उ पनि उसैगरी फिस्स हाँस्छ । मायालु प्रियसीले भावुक अनुहार बनाएको उ देखिरहन्छ । तत्कालै उ पनि भावुक हुन्छ । यात्रामा हिड्नुपूर्व हाँस्नु । अथवा रुनुले त्यति फाइदा गर्दैन भन्ने उसलाई थाहा थियो । उसले के पनि बुझेको थियो भने दुनियाँमा हरेक मानवको हरेक बाध्यता छ रुनलाई पनि । हाँस्नलाई पनि । यसकारण अब उसले रुने र हाँस्ने कुरा छोडेर यात्रा सम्झियो  ।

फटाफट हिड्नुपूर्व एक्ली छोरीको दुबै गालामा चुम्बन ग¥यो । मायालु पे्रयसीलाई कोमल मुस्कानले बिदाइ ग¥यो । यात्रामा एक पाइला हिडिसकेपछि दाया पाखुरामा मायालु प्रियसीलाई धाप मा¥यो । गुम्बातिर दुई हात जोडेर ऊ फटाफट हिड्यो । छिनमै हिमाली हावाले लिएको कुइरोभित्र हरायो ऊ । तर निकै सावधानीपूर्वक हिड्नु थियो उसलाई यात्रामा । हिमाली बाटो काट्न । त्यसैले ऊ सावधानीपूर्वक हिडेर पुगेको थियो यात्राको आधा बाटो ।

०००

उसले पनि तम्बु ताक्यो अरुले जस्तै । झोलाबाट चक्कु निकालेर चार वटा देवदारका किला ठोक्यो । तनतनी डोरीले कसेर तम्बु बलियो बनायो । याकि हिमाली हावाले तम्बु नउडाओस् ।

खानेकुरा, औषधी, थर्मस, न्यानो लुगाफाटा । उसले तम्बुको एक कुनामा सुरक्षित मिलायो । प्रियसी र छोरीका ब्लाक इन ह्वाइट फोटोलाई सिरानीमुनि जतनले घुसायो । सबभन्दा मुनि बुकीको एक मुठो तह थियो । त्यसमाथि घरमा प्रियसीले बुनेको च्याङ्ग्रा, भेडा र हिमाली बाख्राको ऊनबाट बनेको बाक्लो राडी । उपल्लो तहमा विशेष प्रकारले बनेको स्लिपिङ ब्याग । जसलाई हिमालमा प्रयोग गर्न बनाइएको थियो । उसले ओछ्यानलाई न्यानो बनाउन चारैतिर तम्बुको भित्रपट्टि एक किसिमको प्लाष्टिक जडान ग¥यो ।

यात्रामा लामो दिन बस्नु छ भन्ने उसलाई थाहा थियो । यसकारण पनि उ हिमाली हावाबाट भरसक बच्नलाई कुनै न कुनै कोसिस गरिरहेकै हुन्थ्यो । उसले मानेलाई तम्बुको सुरक्षा गर्न सिकाइरहन्थ्यो । माने तम्बुको वरिपरि घुमिरहन्थ्यो । हिमाली कौवा । हिमाली बादल कतै देखियो त ऊ एकतमास भुकिरहन्थ्यो । उसले सिरानीमुनि दापसँगै चक्कु पनि राख्यो । हिमालमा चक्कुको ठूलो महत्व हुन्छ भन्ने कुरा थाहा थियो उसलाई । अघि यहीं चक्कुको सहयोगले तम्बु जोडेको थियो । कुलेसो खनेको थियो । भोलिबाट अझ चक्कुको अरु महत्वपूर्ण कामहरु बाँकी छन् ।

यति गर्दासम्म हिमालबाट घाम हराइसकेको थियो । मात्र सेतै हिउँको उज्यालो । चिसो हावाको झोक्का । हिमाली आक्च्याको स्वरुपमा बढिरहेको थियो । पाटनभरि पहेंला, सेता, हरिया, राता तम%E

प्रतिक्रिया दिनुहोस्