को–को भए ‘चौथो राप्ती म्यूजिक अवार्ड- २०७१’ का विजेता ?

       सम्पादक | 1011 Views |   Published Date : 20th November 2015 |

दाङ, मंसिर ४ । विगत चार वर्षदेखि अवार्ड वितरण गर्दै आएको रापती समाज काठमाडौंले राप्ती म्यूजिक अवार्ड २०७१ वितरण गरेको छ । दाङको सदरमुकाम घोराहीमा विशेष समारोहको आयोजना गरि समाजले विभिन्न २७ विधामा अवार्ड वितरण गरेको हो ।

यसअघि काठमाडौंबाट प्रदान गर्दै आएको राप्ती म्यूजिक अवार्डको चौथो संस्करण ‘राप्ती म्यूजिक अवार्ड–२०७१’ भने दाङमा विशेष कार्यक्रमको आयोजना गरि प्रदान गरिएको छ ।

 

कसले चुमे कुन अवार्ड ?

१. सर्वोत्कृष्ट राष्ट्रिय गीत-                                      विपिन घिमिरे (फरक छ अरुको भन्दा)
२. सर्वोत्कृष्ट सुगम संगीत रचनाकार-                   भावेश भुमरी (भारी खेप्ने)
३. सर्वोत्कृष्ट सुगम संगीत संगीतकार-                  सन्तोष रजौरे (न कुनै रङ्ग आयो)
४. सर्वोत्कृष्ट सुगम संगीत गायक-                        प्रकाश रेग्मी (थिए शिरमाथि)
५. सर्वोत्कृष्ट सुगम संगीत गायिका-                     सुधा रत्न (सबैले मलाई घृणा गरे पनि)
६. सर्वोत्कृष्ट सुगम संगीत एल्बम-                       प्रबल विष्ट (अनुभूति)
७. सर्वोत्कृष्ट नवगायक सुगम संगीत-                  शरद समिप (कहिले आँसु झर्ला)
८. सर्वोत्कृष्ट नवगायिका सुगम संगीत-                सविना भट्टराई (मेरो मुटु रेटी रेटी)
९. सर्वोत्कृष्ट लोक गीत-                                        कृष्ण रेउले (मेरी आमा)
१०. सर्वोत्कृष्ट पप गीत-                                         समीर आचार्य (शून्यतामा)
११. सवोत्कृष्ट लोकदोहोरी शब्द-                             तिलक ओली (अभागी यो निधार)
१२. सर्वोत्कृष्ट लोकदोहोरी गायक-                         भगीरथ चलाउने (कस्को सिन्दूर)
१३. सर्वोत्कृष्ट लोकदोहोरी गायिका-                       टीका पुन (ठ्याक्कै जोडी सुहाउने)
१४. सर्वोत्कृष्ट लोकदोहोरी भाका-                           रामु खड्का (कस्को सिन्दूर)
१५. सर्वोत्कृष्ट नवगायक (लोकदोहोरी)-                 विक्रम थापा (सिनेमाको हिरो)
१६. सवोत्कृष्ट नवगायिका (लोकदोहोरी)-               आशा पुन (लुकी लुकी)
१७. सर्वोत्कृष्ट चलचित्र संगीतकार-                        विपिन घिमिरे (रुदैछ आकाश –इच्छा)
१८. सर्वोत्कृष्ट चलचित्र गीत रचनाकार-                  गणेश सुवेदी (सक्दिनँ म आकाशलाई छुन –इच्छा)
१९. सर्वोत्कृष्ट चलचित्र गायन-                               माण्डवी त्रिपाठी (मात लाग्यो –लज्जा)
२०. सर्वोत्कृष्ट संगीत संयोजक-                             झलक संगीतम् (तिम्रो भैन भने)
२१. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक-              नितिन चन्द (आइ लभ यू भन्न सक्दिनँ)
२२. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (पुरुष)-     पंकज शर्मा (आधी रात थियो)
२३. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (महिला)-  सिर्जु अधिकारी (कहिले आउँछौ फर्की)
२४. सर्वोत्कृष्ट ध्वनि मिश्रण-                                सन्तोष पौडेल (आधी रात)
२५. सर्वोत्कृष्ट एसएमएस च्वाइस अवार्ड-             सुन्दर पुरुष अनुराग (लोकदोहोरी शब्द)
२६. सर्वोत्कृष्ट पब्लीक च्वाइस अवार्ड-                   पल शाह (मोडल, पुरुष)
२७. सर्वोत्कृष्ट जुरी अवार्ड-                                   राजेश क्षत्री (सुगम संगीत संगीतकार)

उद्घाटन गर्दै प्रमुख अतिथि सांसद दीपक गिरी

घोराहीको गणेश चित्रालयमा आयोजित उक्त कार्यक्रममा गायक, गीतकार, संगीतकार, पत्रकार, कलाकार र निर्देशकलाई समेत सम्मान गरिएको थियो । #सो अवसरमा समाजले राप्ती सांस्कृतिक सम्मान नायिका झरना थापालाई, राप्ती पत्रकारिता सम्मान नेपाल पत्रकार महासंघ दाङ शाखालाई र राप्ती हास्यव्यङ्ग्य सम्मान कलाकार कमल गाउँलेलाई प्रदान गरेको थियो ।

त्यस्तै, नारायण पाण्डे दोहोरी प्रतिभा पुरस्कार लोकदोहोरी गायक कृष्ण रेउले र लोकगायिका कमला लम्साल भारतीलाई, भीम–नन्द स्मृति पुरस्कार पत्रकार एवम् चलचित्र निर्देशक केएल पीडितलाई, लाल–समुन्द्र राष्ट्रिय बहुमुखी प्रतिभा पुरस्कार निर्देशक, लेखक तथा कलाकार ओम प्रतीकलाई र राप्ती सांस्कृतिक पुरस्कार गीतकार प्रकाश केसीलाई प्रदान गरेको थियो ।

२०७१ सालभित्र बजारमा आएका २४ नियमित विधा र थप ३ विधा गरी २७ विधामा सर्वोत्कृष्ट कलाकर्मी र सिर्जनालाई अवार्ड बितरण गरिएको थियो । कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु झरना थापा, माण्डवी त्रिपाठी, चन्द्र शर्मा, टीका पुन, गोविन्दमधुर आचार्य, याङ्शु श्रेष्ठ लगायत राप्तीका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

अवार्ड प्रदान कार्यक्रम शुरु हुनुअघि घोराहीको ट्राफिकचोकबाट थारु, मगर समुदायका साथै विभिन्न जातजाति र समुदायको पहिचान झल्किने झाँकीसहित शुरु भएको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

राप्ती क्षेत्रको कलासंस्कृतिलाई प्रवद्र्धन गर्न हरेक वर्ष पुरस्कार र सम्मान प्रदान गर्दै आएको रापती समाज काठमाडौंका अध्यक्ष शशि शर्मा मजगैंयाले बताए ।

समाजका अध्यक्ष शशि शर्मा मजगैंयाको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापिका संसद सदस्यद्वय दीपक गिरी र अनिता देवकोटाले नाकाबन्दीका कारण सिर्जित कठिन परिस्थितिका बावजुद राप्ती क्षेत्रका कलाकारहरू दाङमा एकजुट हुन सक्नु प्रशंसनीय भएको उल्लेख गरेका थिए ।

#अपडेट गरिएको

हेर्नुस् केही तस्बिरहरु

rapti award 12

rapti award 13

rapti award 8

award 6

rapati award 7

award 8

rapti award 11

award 7

तस्बिरहरु : केशरमान बीसी र उदय जीएम 

 

प्रतिक्रिया दिनुहोस्