प्रलेसले २३ औं स्थापना दिवस मनाउने

       सम्पादक | 452 Views |   Published Date : 21st November 2015 |

दाङ, ५ मंसिर । प्रगतिशील लेखक संघ दाङ शाखाले आगामी पुस ३ गते आफ्नो २३ औं स्थापना दिबस मनाउने भएको छ ।

संघको आज शनिबार घोराहीमा बसेको बैठकले संघको २३ औं स्थापना दिबस घोराहीमा मनाउने निर्णय गरेको हो ।

दिवसका अबसरमा संघले श्रष्टाहरुलाई पुरस्कार बितरण तथा सम्मान गर्ने पनि जनाएको छ ।

जसका लागि बैठकले संघका अध्यक्ष शरद अधिकारीको संयोजकत्वमा राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल र संघका उपाध्यक्ष डिल्ली मल्ल सदस्य रहेको प्रतिभा छनौट समिति गठन गरेको छ ।

स्थापना दिवसको अबसरमा प्रगतिशील साहित्य पुरस्कार, चिन्तामणि–जमुना स्मृति साहित्य पुरस्कार, अनन्त–टिका प्रतिभा पुरस्कार र गोविन्द चिस सर्जक पुरस्कार बितरण गरिने संघका सचिब खगेश्वर भण्डारीले जानकारी दिनुभयो ।

बैठकले भारतले गरेको अघोषित नाकाबन्दीको समस्या समाधानका लागि सम्बन्धित पक्षलाई आग्रह गरेको छ । राष्ट्रियताका सवालमा साहित्यिक संघ संस्थाको समन्वयमा सडकमा रचना बाचन कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठक संघका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा बसेको हो ।

प्रतिक्रिया दिनुहोस्