पुर्खाका पाइला खोज्दै जाँदा

बर ढलेछ। पीपल बूढो भएछ। पैह्रोले पुछ्न बाँकी चौतारो। कमेरो उडेका घर। लिउन उम्केका पेटीहरू। म उक्लदै थिएँ भेरी तिरबाट। हाम्रा चौतारा, पँधेरा, कुवा, बाटाहरू किन यति बिराना?! दिदी भाइका फाग, भगवतीका फाग, गाइनेका कर्खा…। बूढाबूढी सम्झन्छन् तर गाउँदैनन्। राग…